२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गए रातिबाट क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै विश्वकपमा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।

जसमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को रहेका छन् । पहिलो सेमिफाइनल अन्तर्गत अर्जेन्टिना र क्रोएसियाले फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल मंगलबार राति ००ः४५ बजे हुनेछ ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा क्रोएसियाले ब्राजिललाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बुधबार राति ००ः४५ बजे हुनेछ ।

मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदा फ्रान्सले इंग्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।