१९ श्रावण २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु तुलसीपुर उपमहानगरपालिकाको लक्ष्यअनुसार राजस्व सङ्कलन कठिन सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैनः मन्त्री मेहता नेकपा सांसद विकको प्रश्न– जाजरकोट भूकम्पपीडितले अझै कति समय टहरामै बस्नुपर्ने हो ? अर्थतन्त्रको पुनरुत्थान र लगानी विस्तारका लागि बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिवद्धः अर्थमन्त्री डा. वाग्ले रासायनिक मल वितरण प्रणालीमा सुधार गर्न र निजी क्षेत्रलाई आयातको अनुमति दिन सांसद भण्डारीको माग पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आगामी वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नेपालले आज नामिबियासँग खेल्दैछ ।

नामिबियाको युनाईटेड क्रिकेट मैदानमा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेबाट सुरु हुनेछ ।

नेपाल, नामिबीया र स्कटल्याण्डको सहभागीता रहेको सिरिजमा नेपालको यो तेस्रो खेल हो । नेपालले नामिबियासँग खेलेको यस सिरिजको पहिलो खेल बर्षाले प्रभावित हुँदा अंक बाडेको थियो । दोस्रो खेलमा भने नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो ।

एकदिवसीय अन्तराष्ट्रियमा नेपालले नामिबियाविरुद्ध चौथो पटक खेल्न लागेको हो । यस अघिको तीन खेलमा नामिबिया दुई खेलमा विजयी भएको छ भने एक खेल नजिना बिहिन भएको छ।

नामिबियाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख(विकेटकिपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,अर्जुन साउद,करण केसी,गुल्सन झा,सागर ढकाल र ललित नारायण राजवंशी