६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ ।

विभागले आज र बुधबार रातिको समयमा वर्षाको गतिविधि बढ्ने तथा बिहीबारदेखि वर्षा क्रमशः कम हुने जनाएको छ । विभागका मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा कर्णाली प्रदेशको जाजरकोट आसपासमा १३८ मिलिमिटर वर्षा मापन भएको बताउनुभयो ।

“पछिल्लो २४ घण्टामा कोशी प्रदेशका झापा, इलाम र सुनसरीमा भारीदेखि धेरै भारी वर्षा भएको छ”, उहाँले भन्नुभयो, “इलाम–झापा आसपासको क्षेत्रमा करिब १३० मिलिमिटर तथा विराटनगर आसपास १२५ मिलिमिटर वर्षा मापन भएको छ ।

पछिल्लो छ घण्टामा कोशी प्रदेशको इलाम–झापा क्षेत्रमा मध्यमदेखि केही स्थानमा भारी वर्षा भएको छ ।” कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि वर्षा भएको छ भने मधेश प्रदेशको पश्चिमी क्षेत्रमा भने वर्षा नभएको र देशका अधिकांश स्थानमा हल्का वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिनुभयो ।

विभागले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी र कर्णाली प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, कर्णाली प्रदेशका पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र सहरी डुबान हुने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।