२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ६६३ दशमलव १८ अङ्कमा झरेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६६ अङ्कले घटेर ४६७ दशमलव ९६ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ४० अङ्कले घटेर १८३ दशमलव ३३ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक एक दशमलव आठ अङ्कले घटेर १५८ दशमलव ५७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड सात लाख ६१ हजार ३९६ कित्ता सेयर रु चार अर्ब सात करोड आठ लाख ५३ हजार ६१० मा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये १३ वटै उपसमूह घटेका छन् ।

आज ५९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर घटेको छ । साथै पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक, केबिएल डिबेञ्चर, गुडविल फाइनान्स लिमिटेड डिबेञ्चरलगायत लगानीकर्ताले गुमाएका छन् ।