६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

रासायनिक मल वितरण प्रणालीमा सुधार गर्न र निजी क्षेत्रलाई आयातको अनुमति दिन सांसद भण्डारीको माग

रासायनिक मल वितरण प्रणालीमा सुधार गर्न र निजी क्षेत्रलाई आयातको अनुमति दिन सांसद भण्डारीको माग
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले देशभर कायम रहेको रासायनिक मलको अभाव र वितरण प्रणालीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले किसानहरूले भोग्दै आएको मलको समस्या समाधानका लागि तीन बुँदे ठोस सुझाव प्रश्तुत गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रका पाँचवटै पालिकामा हालै सम्पन्न सार्वजनिक सुनुवाईका क्रममा किसानले मागअनुसार मल नपाएको र वितरण प्रणाली प्रभावकारी नभएको गुनासो गरेको उहाँले सदनलाई जानकारी गराउनु भयो ।

मल अभावको दीर्घकालीन समाधानका लागि उहाँले वडा तहबाट खेतीयोग्य क्षेत्रफलका आधारमा ‘किसान परिचयपत्र’ बनाएर मात्र मल वितरण गर्ने सबल प्रणाली विकास गर्न र उक्त प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न माग गर्नुभयो । यसैगरी, सरकारले मूल्य र गुणस्तर निर्धारण गरी कडा नियमनसहित निजी क्षेत्रलाई पनि मल आयातको अनुमति दिनुपर्ने उहाँको प्रश्ताव छ । किसानले निजी क्षेत्रबाट खरिद गरेको बिलका आधारमा अनुदान रकम फिर्ता पाउने वा खरिदकै समयमा बिलमै समायोजन गर्ने व्यवस्था मिलाउन पनि उहाँले सरकारलाई सुझाव दिनुभयो ।

उहाँले किसानले निजी क्षेत्रबाट मल खरिद गरेमा किसानकार्ड र खरिद बिलका आधारमा अनलाइन प्रणालीमार्फत अनुदान उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।