१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालले गरे छुट्टाछुट्टै भेटवार्ता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर सोमबार बिहान दुवै पार्टीका अध्यक्षद्वयले प्रधानमन्त्री देउवासँग छुट्टछुट्टै भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले निर्वाचनपछि गठबन्धनको सरकार बनाउने विषयमा छलफल सुरु गर्नुभएको छ । सत्तारुढ दलका शीर्ष नेताहरु यही गठबन्धनलाई निरन्तरता दिन सहमत हुनुभएको छ । यद्यपि सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा औपचारिक छलफल भइसकेको छैन ।

नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा शेखर कोइराला, डा शशांक कोइराला, प्रकाशमान सिंहले सरकारको नेतृत्व लिन दाबी प्रस्तुत गरिसक्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले त सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग नेपाल निवास कोटेश्वर गई आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरिसक्नुभएको छ ।

शनिबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरी गठबन्धनकै सरकार बनाउन समझदारी गर्नुभएको थियो । साथै सोमबारको फरक फरक भेटमा उहाँले चुनावी नतिजाको समीक्षा तथा आगामी सरकार गठनका विषयमा छलफल गर्नुभएको बताइएको छ ।

उता नेकपा (एमाले) ले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्नेबारे छलफल सुरु गरिसकेको छ । सत्ता गठबन्धनबाटै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ ।