७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा १ बाट जसपाका कार्की विजयी



अ+ अ-

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी नेपालका दीपक कार्की विजयी भएका छन् ।

उनले २७ हजार ४३१ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)का मातृका यादवले २१ हजार ४८३ मत प्राप्त गरे ।

जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४६७ र राप्रपाका उम्मेदवार मनोज मल्ल ठकुरीले आठ हजार २७३ मत प्राप्त गरे ।