१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेको निर्देशनअनुसार पार्टी केन्द्रीय समितिको बैठक आइतबार भर्चुअल माध्यमबाट बस्ने भएको छ।

पार्टीले जारी गरेको सूचनाअनुसार बैठक २०८३ भदौ १४ गते आइतबार दिउँसो ४ः३० बजे बस्नेछ। बैठकमा केन्द्रीय समितिका सदस्यहरूको अनिवार्य उपस्थितिका लागि सूचित गरिएको छ।

बैठकमा पछिल्लो समय मुलुकमा देखिएको विपद्को अवस्था तथा विपद् व्यवस्थापनका बहुआयामिक पक्षका विषयमा छलफल हुने जनाइएको छ। त्यसैगरी विविध विषयमा समेत छलफल हुने कार्यसूची रहेको पार्टीले जनाएको छ।