१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै



अ+ अ-

काठमाडौं । त्रिशूली-३एमा फसेका श्रमिक/कर्मचारी उद्धार गर्न पुरिएको केवल टनेलभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि उद्धार टोली टनेल पोर्टसम्म पुगेको छ । उद्धार कार्य अघि बढाउन अहिले पोर्टको मुख सफा गर्ने काम भइरहेको छ ।

पोर्ट सफा गर्ने काम सम्पन्न भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी गरिएको छ । उद्धारकर्मीले टनेलभित्रको अवस्थाको प्रत्यक्ष निरीक्षण गर्दै सुरक्षित रूपमा अगाडि बढ्नेछन् ।

उद्धारकर्मीसँग क्यामरासमेत टनेलभित्र पठाइने भएको छ । क्यामरामार्फत टनेलभित्रको वास्तविक अवस्था बाहिरबाटै हेर्न सकिनेछ, जसले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उद्धार टोली पोर्टबाट करिब १८० मिटर अगाडि पुगेपछि सम्भावित ‘वर्किङ स्पेस’ सम्म पुग्न सकिने अनुमान गरिएको छ ।

उक्त स्थानमा पुगेपछि टनेलभित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था, उनीहरू रहेको स्थान तथा सुरक्षाको अवस्थाबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।त्यसपछि प्राप्त अवस्थाका आधारमा थप खोज तथा उद्धार कार्य अघि बढाइनेछ ।




भर्खरै