१४ भाद्र २०८३, आईतवार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पोखरीया नगरपालिका–५ का ओ जिर अन्सारी र वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ सम्पर्कमा आएका छन् ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी पर्सा जिल्लाका सर्फराज मिया, साहबुदिन मन्सुरी, सर्ताज मिया, समीम मिया, राहुल मिया, उमेशप्रसाद, वीरकिशोर कुमार, रामकरण कुमार, विनयकुमार साह र सञ्जय साह सोनारलगायत ३९ जना बेपत्ता भएका छन् ।

हालसम्म भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेशका विभिन्न जिल्लाबाट आफन्त सम्पर्कविहीन भएका सूचना आउने थालेपछि प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाको विवरण सङ्कलन गर्दै आएको छ ।