• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ?

वेल्स र अमेरिकाले बराबरी खेले



एजेन्सी । फिफा विश्वकप २०२२ फुटबल अन्तर्गत वेल्स र अमेरिकाले बराबरी खेलेका छन् ।

सोमबार राति अहमद बिन अलि स्टेडियममा भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए । उनको यो पहिलो विश्वकप गोल समेत हो ।

यता, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई हारबाट जोगाए ।

समूह ‘बी’ मा रहेको वेल्स १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने अमेरिका १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।