१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’



अ+ अ-

काठमाडौँ । प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई सार्वजनिक गरेको छ ।

शनिबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै लामालाई सार्वजनिक गरेको हो । उनी दुई दिन अघि पक्राउ परेका थिए ।

कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन् । लामाले पत्रकारहरुसँग आफूमाथि झुटो आरोप लागेको बताए ।

प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने धारणा राख्दै उनले भने – ,‘मास्क खोलिदिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नुपर्यो । राम्रोसँग फोटो खिच्नुस् । अब चाहिँ मैंले न्याय पाउँछु जस्तो लागेको छ । मलाई आश छ तपाईहरुले सत्यतथ्य समाचार सम्प्रेशण गरेर मलाई न्याय दिनुहुन्छ । प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्छ ।’

केन्द्रीय अनुसन्धान ब्युरोले लामामाथि अनुसन्धान गरिरहेको छ । कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर लामा विरुद्ध उजुरी हालेका छन् । यो थपिने क्रममा छ ।

त्यस्तै, पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । जसमा १२ करोडको हाराहारीमा बिगो माग दाबी रहेको छ ।