६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहलीलाई चौंथो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ आजबाट सुरु भएको छ । यस मेगा इभेन्टमा भारतीय टोलीको खेलअघि स्टार ब्याट्सम्यान विराट कोहलीले इतिहास रचेका छन् ।

आईसीसीले विराट कोहलीलाई ठूलो पुरस्कार दिएको छ । विराट कोहलीले आईसीसी ओडीआई क्रिकेटर अफ द इयर २०२३ को अवार्ड पाएका छन् ।

३५ वर्षीय कोहलीसँगै यस अवार्डका लागि शुभमन गिल, मोहम्मद शामी र न्यूजिल्याण्डका डेरिल मिचेल सँगै मनोनयनमा परेका थिए तर कोहलीले अवार्ड जिते । यसैबीच किङ कोहलीले यो अवार्ड भारत र बंगलादेशबीचको टी–२० विश्वकपको अभ्यास खेलअघि पाएका छन्, जसको भिडियो आईसीसीले आफ्नो इन्स्टाग्राम ह्याण्डलमा सार्वजनिक गरेको छ ।

विराट कोहलीले चौंथो पटक आईसीसी ओडीआई क्रिकेटर अफ द अवार्ड जितेका हुन् । विराट यो अवार्ड चार पटक जित्ने पहिलो खेलाडी बनेका छन् । विराटले यसअघि २०१२, २०१७, २०१८ मा पनि यो अवार्ड जितेका थिए । विराटपछि दक्षिण अफ्रिकाका पूर्व ब्याट्सम्यान एबि डिभिलियर्सले तीन पटक यो अवार्ड जितेका छन् । यस्तै, महेन्द्र सिंह धोनी, कुमार सांगकारा र बाबर आजमले २–२ पटक यो अवार्ड जितेका छन् ।

कोहलीले एकदिवसीय विश्वकप २०२३ मा ११ इनिङ्समा ९५ को औसतमा कुल ७६५ रन बनाएका थिए । यस अवधिमा कोहलीले ३ शतक र ६ अर्धशतक प्रहार गरेका थिए ।

कोहलीले विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्धको एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान तोडे । उनले महान ब्याट्सम्यान सचिन तेन्दुलकरको विश्व कीर्तिमान तोड्दै एकदिवसीय क्रिकेटमा आफ्नो ५० औं शतक बनाए ।

तर, उनको उच्च प्रदर्शनका बाबजुद पनि भारतीय टोली फाइनलमा अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।