९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित
अ अ+ अ-

चौतारा (सिन्धुपाल्चोक): काठमाडौँबाटर्‍याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुग्नुभएको ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गर्नुभयो  ।

विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार (याफ्टिङ गर्न उहाँसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुग्यो । “हामीले सुनेका मात्रै थियौँ, र्‍याफ्टिङको मज्जा आफैँले लिन पायौँ”, उत्साहित हुँदै ज्योतिले भन्नुभयो, “शनिबार चाप धेरै हुन्छ भन्ने सुनेर नपाइएला भन्ने निकै डर थियो ।” उहाँले कलेज छुट्टीको दिन मिलाएर अन्य साथीसँग फेरि आउने सोच अहिले नै बनाइसकेको बताउनुभयो ।

“यति रमाइलो हुन्छ भन्ने आफैँले (याफ्टिङ गरेपछि थाहा भयो, साथीहरु सबैलाई अनुभवबारे ‘शेयर’ गर्छौं अनि यहाँ आउनलाई प्रेरित गर्छौं”, (याफ्टिङपछि ज्योतिसँगै उभिनुभएका उहाँका साथी शैलेश श्रेष्ठले भन्नुभयो । जीवनकै लागि नौलो र खतरापूर्ण खेल भएकाले यो समूह केही डराएको भने थियो । ठाडो खोलामा बगिरहेको पानीसँग खासै परिचित नभएकाले सुरुमै मुटुको गति बढेको अनुभव भएको श्रेष्ठ बताउनुहुन्छ ।

“जब र्‍याफ्टिङ खोलाको पानीसँगै बग्न थाल्यो, मनमा डरको गति पनि झनै बढ्यो”, उहाँले आफ्नो अनुभव सुनाउनुभयो, “कहिलेकाहीँ आँखा चिम्लनुसमेत परेपछि भने बेक्कार गरिएछ भन्ने पनि लाग्यो ।” उहाँले साथीहरु पानीमा रमाउँदै कराउँदै गर्न थालेपछि भने बल्ल रमाइलो अनुभव भएको सुनाउनुभयो  । “पछि डर भुलियो, अर्कै संसारमा डुबुल्की मारिरहेको जस्तै लाग्यो”, उहाँले भन्नुभयो ।

उहाँहरु जस्तै भक्तपुरबाट आउनुभएको रोजिना श्रेष्ठले ‘कोर्पेटिभ’ टिम लिएर र्‍याफ्टिङको आनन्द लिन आएको सुनाउनुभयो ।  “विदेशीसहित हाम्रो ५० जनाको टोली छ”, उहाँले भन्नुभयो, “अब गर्मी सुरु भयो, यसकै लागि बिदाको समय मिलाएर समूह बनेर आयाँै ।”

शुक्रबार र शनिबार यहाँका रिसोर्ट भरिने गरेकाले पहिल्यै बुक गरेर आएको उहाँ सुनाउनुहुन्छ  । रोजिनाले यसअघि पनि र्‍याफ्टिङ गरिसक्नुभएको थियो  । त्यति बेलाको मज्जा सम्झँदै उहाँ फेरि सुनकोसी आइपुग्नुभएको हो  । “पहिला धित नै मरेन, त्यसैले फेरि आएँ”, उहाँ भन्नुहुन्छ ।

सुकुटेमा गर्मी बढेसँगै साहसिक खेल र्‍याफ्टिङमा रमाउने आन्तरिक तथा बाह्य पर्यटक अहिले ह्वात्तै बढेका छन् । गएको फागुनदेखि पर्यटकको चाप बढेको रिसोर्ट सञ्चालकहरु बताउँछन् । पछिल्लो हप्तादेखि अत्यधिक गर्मी बढेका कारण र्‍याफ्टिङ गर्ने पर्यटकमा वृद्धि भएको हो ।

साहसिक खेल र्‍याफ्टिङ र क्यानोनिङ गर्ने पर्यटकको सङ्ख्या दैनिक बढिरहेकाले यहाँका सबै रिसोर्ट व्यस्त भएको सुकुटेबिच एड्भेन्जर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा बताउनुहुन्छ । “दैनिक एक सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्”, थापा भन्नुहुन्छ, “यो समय (याफ्टिङको याम भएकाले अब चाप झनै बढ्ने अनुमान छ ।”

र्‍याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा कम्तीमा दुई हजार पर्यटक भित्रिने गरेका छन् । राजधानीदेखि युरोप, अमेरिकाजस्ता बाह्य मूलुकबाट आउने पर्यटकको लक्ष्य भोटेकोसी र सुनकोसीमा र्‍याफ्टिङ गर्ने हुने गरेको छ ।

पर्यटक बढेसँगै सिन्धुपाल्चोक र काभ्रेको सीमा गाउँ बन्देउदेखि रिसोर्टको सङ्ख्यामा समेत वृद्धि भएको छ । सुनकोसी र भोटेकोसी किनारामा र्‍याफ्टिङ सञ्चालन गर्ने रिसोर्ट बढेका छन् । रासस