९ माघ २०८१, बुधबार
,
Latest
देउवा भन्छन्- एमसीसीको विरोध गर्नेहरुले यो ऋण होइन अनुदान रहेछ भन्ने कुरा बल्ल बुझे सीआईबीको प्रहरी भन्दै करोड बढी ठगी गर्ने युवक पक्राउ रुपन्देही जिल्ला अदालतले रविलाई निकिता र कानून व्यवसायीको जिम्मामा लगायो सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैनः सांसद भट्टराई रवि लामिछानेको बयान सकियो सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सार्वजनिक लेखा समितिको निर्देशन इगा स्विटेक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा डढेलोबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ?



अ+ अ-

एजेन्सी । जब तपाई साबुन प्रयोग गर्नुहुन्छ, तपाईले सोचिरहनु भएको छ कि यी साबुनहरू विभिन्न रंगका भए पनि तिनीहरूको फिँज सेतो रंगमा मात्र किन निस्कन्छ ?

लुगा धुने होस्, नुहाउने होस् वा भाँडाकुँडा सफा गर्ने होस्, हरेक काममा फरक–फरक साबुनको प्रयोग गरिन्छ । तर तपाईको मनमा यो प्रश्न अवश्य उठेको होला कि साबुन जुनसुकै रङको किन नहोस् त्यसबाट सेतो फिँज मात्र किन निस्कन्छ ?

वास्तवमा जब कुनै पनि चीजले प्रकाशका सबै रंगहरू ग्रहण गर्छ तब त्यसको रंग कालो देखिन्छ । यदि प्रकाशका सबै रंगहरू प्रतिबिम्बित भए वा सो वस्तुले अवशोषित गरेनन् भने यसको रंग सेतो देखिन्छ ।

साबुनको थोपामा पर्ने प्रकाशका सबै रंगहरू प्रतिबिम्बित हुन्छन् । यही कारणले गर्दा साबुनको रंग फरक भए पनि यसको फिँजको रंग सेतो हुन्छ । प्रकाशको परावर्तनको एउटा कारणले गर्दा फिँज बुलबुलेको काँचको रूप जस्तै देखिन्छ ।