४ भाद्र २०८३, बिहीबार
,
Latest
यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको हो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । अमेरिकाको जितमा आरोन जोन्सले अविजित ९४ रनको विष्फोटक इनिङ्स खेले । ४० बल खेलेका उनले १० छक्का र ४ चौका प्रहार गरे । यस्तै, एन्ड्रियस गोउसले ४६ बलमा ६५ रन जोडे । उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

क्यानडाका बलर महँगा सावित भए । निखिल दत्त, डिलोन हेलिगर र कलिम सानाले १–१ विकेट लिए ।

त्यसअघि डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रन जोड्यो ।

उसका लागि नवनित धालिवालले ४४ बलमा ६१ र निकोलास किर्तोनले ३१ बलमा ५१ रन जोड्दै अर्धशतकीय पारी खेले । यस्तै, आरोन जोनसनले २३, दिलप्रीत बजवाले ११ रन जोड्दा श्रेयस मोभवा १६ बलमा ३२ रनमा अविजित रहे ।

बलिङतर्फ अमेरिकाका अलि खान, हरमित सिंह र कोरी एन्डरसनले १–१ विकेट लिए ।

अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा आजदेखि टी–२० विश्वकप सुरु भएको छ । नेपालको खेल मंगलबार रहेको छ । नेपालले नेदरल्यान्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह डी मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् ।

यस्तै, समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् भने समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेस्ट इण्डिज, अफगानिस्तान र युगाण्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन्, जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।