२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु



अ+ अ-

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्लीको मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अन्तरिम जमानतको म्याद शनिबार सकिँदै गर्दा आइतबार तिहाड जेलमा फर्कँदै छन् ।

केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएको थियो र २ जुनमा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो ।

आइतबार तिहाड जेल जानुअघि उनले कार्यकर्तालाई भने, ‘म देश बचाउन जेल जाँदैछु ।’ लोकसभा एक्जिट पोलमा उनले भने कि यी सबै नक्कली एक्जिट पोल हुन् ।

यसअघि उनी महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्न राजघाट गएका थिए । त्यसपछि उनी कनाट प्लेसस्थित हनुमान मन्दिर पनि गए । जहाँ उनले पुजा गरे ।

अब केही बेरमै उनी तिहाड जेल जानेछन् । यसअघि उनले भने, ‘मलाई जेलमा सबैको चिन्ता हुनेछ । तिमी खुसी छौ भने तिम्रो केजरीवाल पनि खुसी हुनेछन् ।’

जमानत दिएकोमा केजरीवालले सर्वोच्च अदालतलाई धन्यवाद दिएका छन् । उनले आज एक्स (ट्वीटर)मा लेखेका छन्– ‘सर्वोच्च अदालतको आदेशमा म २१ दिन चुनावी प्रचारका लागि निस्केको हुँ । यसका लागि सर्वोच्च अदालतलाई धेरै धेरै धन्यवाद ।’

दिल्लीका मुख्यमन्त्रीले यसअघि अन्तरिम जमानतको म्याद थपका लागि सर्वोच्च अदालतमा अपिल गरेका थिए ।

बुधबार सर्वोच्च अदालतले उनको निवेदन खारेज गर्दै उनलाई नियमित जमानतका लागि ट्रायल कोर्ट जाने स्वतन्त्रता दिइएकाले यहाँको निवेदन विचारणीय नभएको बताएको थियो ।