२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

नेपालसामु जितका लागि १७७ रनको लक्ष्य

नेपालसामु जितका लागि १७७ रनको लक्ष्य
अ अ+ अ-

काठमाडौँ । त्रिवि कीर्तिपुर खेल मैदानमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १७७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा ओर्लिएको युएईले भर्खरै सम्पन्न पहिलो इनिङमा निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा १७६ रन बनाएको छ । युएईका लागि आयान अफजल खानले ६३ बलमा ७ चौका र १ छक्काको मद्दतमा नटआउट ५४ रन बनाए ।

कुनै बेला ३१.१ ओभरमा ९३ रनमा ९ विकेट गुमाइसकेको युएईले पूरा खेल खेल्दै सम्मानजनक रन बनायो । आयान अफजल खानलाई पुछारमा आएका हजरत बिलालले राम्रो साथ दिएका थिए । हजरतले ५४ बलमा एक छक्काको सहयोगमा २० रन बनाए ।

युएईका लागि सुरुआत राम्रो हुन सकेन । उसले ३.१ ओभरमा १६ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । ओपनर ब्याटरहरु मुहम्मद वासिम ११ र वृत्य अरविन्द शून्य रनमा पभेलियन फर्केका थिए । ४ विकेटको क्षतिमा ७९ रन बनाएको युएईले ९३ रन पुग्दा ९ विकेट गुमाइसकेको थियो ।

तर खान र बिलाले अन्तिम विकेटको साझेदारीमार्फत टिमको स्कोरलाई माथि पुर्याए । खान र बिलालले टिमलाई सम्मानजनक स्कोरमा पुर्याउन ८३ रनको साझेदारी गरे । युएईका अन्य ब्याटरमा कप्तान चुन्दाङ्गापोइलले ४, रोहन मुस्तफा २४ र आलिशान सराफूले ३३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान २/२ विकेट लिए । झाले ७ ओभरमा ४२, ऐरीले १० ओभरमा २२ र भुर्तेलले ७ ओभरमा ३२ रन खर्चिएका थिए । अन्य बलरमा सोमपाल कामी, ललित राजवंशीले समान १/१ विकेट लिए । युएईका जुहुर खान रनआउट भएका थिए ।

आजको खेलमा नेपालले अतिरिक्त २० रन दिएको थियो जसमा वाइडमात्र १७ थियो । केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ । तीन एक दिवसीय खेलमा नेपाल र युएईले एक/एक खेल जितिसकेका छन् ।