२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

अष्ट्रेलियामा नेपालको प्रबद्र्धन गर्न ‘नेपाल फेष्टिभल सिड्नी’ हुँदै

अष्ट्रेलियामा नेपालको प्रबद्र्धन गर्न ‘नेपाल फेष्टिभल सिड्नी’ हुँदै
अ अ+ अ-

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रबद्र्धनात्मक नेपाल फेष्टिभल शनिबार हुने भएको छ ।

शनिबार १९ नोभेम्बरका दिन नेपालीहरुको घना बसोबास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा नेपाल फेष्टिभल गर्न लागिएको हो ।

नेपाल फेष्टिभलमा नेपाली कला, संस्कृति, पहिरन, वाद्यवादनका साथै खाना, संगीत र पर्यटकीय स्थलहरुको प्रचार गरिनेछ । अष्ट्रेलियाको सिड्नीमै नेपालको झल्को दिनका लागि नेपाल हाउस निर्माण गरिने महोत्सवका संयोजक एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले सम्पूर्ण तयारी पूरा भएको र शनिबार दिनभर मनोरञ्जनात्मक कार्यक्रमका साथै खानाका स्टलहरु, नेपाली व्यवसायीहरुले पाएको सफलताका कथाहरु नेपाल फेष्टिभलमा हेर्न पाइने बताए ।

औपचारिक उद्घाटन कार्यक्रममा अष्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुनका लागि नै अष्ट्रेलियाका विभिन्न राज्यबाट समेत नागरिक समाजका अगुवाहरु सिड्नी आइपुगेका छन् ।

अष्ट्रेसलियामा रहेका नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले यस किसिमको कार्यक्रम हरेक शहरमा गरेर यहाँको समूदायमा आफ्नो उपस्थिति जनाउने कार्य उदाहरणीय भएको बताए । उनले भने, ‘सन् २००६ बाट एनआरएनहरुले सिड्नीबाटै नेपाल फेष्टिभल सुरु गरेका थिए । अहिले यो सबै राज्यमा फैलिसकेको छ । अष्ट्रेलियाको बहुसांस्कृतिक समाजले यस्ता मेला महोत्सवलाई सम्बन्धित देशको खानाको स्वाद, पहिरन र सांस्कृतिक विविधता बुझ्ने अवसरको रुपमा लिने हुनाले नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ । नेपाल गइसकेका अष्ट्रेलियनहरुले नेपालको झल्को यहाँ पाउँछन् भने नेपाल नगएकाहरुले जाने प्रोत्साहन महोत्सवमा पाउँछन् जस्तो लाग्छ ।’

यस पटकको नेपाल फेष्टिभलमा ५५ वटा स्टलहरु राखिएको छ भने यीमध्ये ९ वटा स्टल नेपाली खानाका परिकारहरुको रहेको छ । रेमिट्यान्सका अन्तर्राष्ट्रिय कम्पनी, अष्ट्रेलियाको सरकारी बैंकसहितका व्यापारिक घरानाहरुले नेपाल फेष्टिभलमा आफ्नो उपस्थिति जनाएका छन् ।

नेपाल फेष्टिभलका उपसंयोजक एवं एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल पछिल्लो समयमा अष्ट्रेलियन समूदायमा नेपालप्रतिको चासो बढेको पाइएको बताउँछन् । उनी भन्छन् नेपालीलाई मेहनती भनेर धेरैले चिनेका छन् । काम गर्ने ठाउँमा हाम्रो फेष्टिभल हुँदैछ त्यहाँ नेपाली स्वाद पस्कन्छौं भन्दा उनीहरु मम चाख्न जानुपर्छ भन्दै आउने गर्दछन् । यस्तै नेपाली गीत संगीतले पनि उनीहरुलाई आकर्षित गर्ने गरेको छ ।

यस पटकको नेपाल फेष्टिभलमा अष्ट्रेलियाका नेपालीमूलका कलाकारहरुका साथै नेपालको चर्चित गायक दिपक बज्राचार्य र रिदम व्याण्ड, गायक प्रकाश सपुत, हाँस्य कलाकार सन्दिप क्षेत्री लगायतको प्रस्तुति समेटिएको छ । मञ्च र सांस्कृतिक कार्यक्रमको संयोजन गरिरहेकी एनआरएन अष्ट्रेलियाको ओसेनिया क्षेत्रीय महिला संयोजक उषा बारिया नेपाल फेष्टिभलमा सहभागी हुने दर्शकहरुले सम्पूर्ण मनोरञ्जन प्राप्त गर्ने बताउँछिन् ।

उनी भन्छिन् ,’अष्ट्रेलियामा अधिकांश नेपालीहरु विद्यार्थीको रुपमा आउनुभयो । उहाँहरु जति नै व्यस्त भएपनि नेपाली गीत संगीतलाई मन पराउनुहुन्छ र त्यसमै रमाउनुहुन्छ । यस पटक हामीले सबै उमेर समूहका नेपालीहरुलाई समेट्नका लागि त्यही अनुरुप कलाकार छनोट गरेका छौं । शनिबार दिनभरि नेपाली गीत संगीतले बरउडको पार्क घन्किनेछ । तपाईंहरुलाई निम्तो छ । सकेसम्म एकजना विदेशी साथी पनि साथैमा लिएर आउनुभयो भने अझ रमाइलो हुनेछ ।’

महोत्सवको सुरुवातमा भने नेपाली पोशाकमा सजिएर विभिन्न झाँकीसहितको नेपाल फेष्टिभल परेड आयोजना गरिनेछ । परेड संयोजक सन्ध्या शाहले कुमारी, शिव पार्वती सहित नेपाली पोशाकमा सैयौं नेपालीले परेडमा सहभागिता जनाउने निश्चित भइसकेको जानकारी दिएकी छिन् ।