२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ओरालो लाग्ने क्रम जारी



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।

बुधबार ३९ अङ्कले घटेको नेप्से आज २३ दशमलव ५२ अङ्कले झरेर एक हजार आठ सय ९३ दशमलव ७० अङ्कमा कायम भएको हो । आज दुई सय २६ कम्पनीको ३१ लाख १४ हजार ६ सय ८९ कित्ता शेयर खरिद बिक्री हुँदा रु एक अर्ब ११ करोड ९४ लाख ६१ हजार चार सय ११ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ८८ दशमलव ५४ र जीवन बीमा समूहको उपसूचक ६९ दशमलव ७७ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूहमा नौ दशमलव २१, व्यापार समूहमा २१ दशमलव ७८, होटल तथा पर्यटन समूहमा २८ दशमलव दुई र जलविद्युत् समूहमा ४१ दशमलव १८ अङ्कको गिरावट देखिएको छ ।

वित्त समूहको उपसूचक ३८ दशमलव ४७, उत्पादन समूहको उपसूचक ६३ दशमलव ९७, लघुवित्त समूहको उपसूचक ५० दशमलव ५७, म्युचुअल फन्डको उपसूचक शून्य दशमलव १६ र अन्य समूहको उपसूचक ३३ दशमलव ५७ अङ्कले घटेको पनि नेप्सेले जनाएको छ ।

आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको घटेको छ ।सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर तीन दशमलव ९३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा भने अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर ६ दशमलव ९१ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रु १० करोड २२ लाख ३५ हजार चार सय २८ बराबरको एक लाख ६२ हजार एक सय १५ कित्ता शेयर किनबेच भएको छ ।