२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाज उडाउँदै गर्दा अनधिकृत व्यक्तिलाई ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट विजय लामा कारबाहीमा



अ+ अ-

काठमाडौं । क्याप्टेन विजय लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको छ । जहाज उडाउँदै गर्दा अनधिकृत व्यक्तिलाई ककपिटमा छिर्ने अनुमति दिएपछि पाइलट लामा कारबाहीमा परेका हुन् ।

एभिएसन भ्लगर साम चुईले दुबई-काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट लामासँग अन्तर्वार्ता लिएको भिडियो सार्वजनिक भएको थियो। यसबारे नेपाल वायुसेवा निगम मातहतको सुरक्षा विभागले प्राधिकरणलाई जानकारी गराएको थियो ।

यसबारे अध्ययन भइरहेकाले लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र पाइलटले ककपिटमा फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् । के कारणले फोटो वा भिडिओ लिन लागिएको कारण स्पष्ट पारेर मात्र पाइलटले ककपिटमा भिडियो वा फोटो खिच्न पाउँछन् ।