८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको नोर्थ क्यारलाइनामा फेला पर्‍यो मान्छेको जस्तो दाँत भएको माछा



अ+ अ-

बीबीसी । संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको एउटा माछा फेला परेको छ।

नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेको थियो।

उक्त माछा शीप्सहेड जातको भएको बताइएको छ। आफ्नो सिकार चबाउन उक्त जातका माछाको मुखमा बङ्गाराका लहरहरू हुन्छन्।

उक्त माछाको मुख र भेडाको मुख झट्ट हेर्दा उस्तै देखिने भएकाले अङ्ग्रेजीमा उक्त माछालाई सम्भवतः 'शीप्सहेड' नामकरण गरिएको हो।

जेनेट्स पीएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिन नामक व्यक्तिले उक्त माछा समातेका हुन्।

'मुखभरि दाँत भएको' माछा देखेपछि आफूलाई पनि शीप्सहेड जातको माछा समात्न मन लागेको मार्टिनले बताए।

स्थानीय मक्क्ल्याची न्यूजसँग कुरा गर्दै उनले उक्त माछा समात्न पाएकोमा प्रसन्नता व्यक्त गरे।

उनले त्यो माछा निकै स्वादिलो हुने पनि बताए। फेसबुकमा #bigteethbigtimes उल्लेख गरेर प्रेषित तस्बिरले निकै चर्चा पायो।

'के डेन्चर (मानिसले लगाउने नक्कली दाँत) त्यहाँबाट आउँछ?' एक जनाले ठट्यौलो पारामा लेखे। अर्का एक जनाले लेख, 'त्यो माछाको दाँत मेरोभन्दा राम्रो छ।'