२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन हजार ६०० को उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आइतबार साँझसम्म करिव तीन हजार ६०० उम्मेदवारको मनोनयन दर्ता भएको जनाएको छ ।

प्रतिनिधिसभामा १ हजार ६०० र सातवटै प्रदेशमा २ हजार गरी तीन हजार ६०० जनाको उम्मेदवारी आयोगको प्रणालीमा इन्ट्री भएको छ ।

आयोगका एक पदाधिकारकीका अनुसार, अहिलेसम्म त्यति इन्ट्री भएको छ । कतिपयको इन्ट्री हुने क्रममा छ भने कतिपय बल्ल निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका छन् ।

आयोगले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका उम्मेदवार र उनका प्रतिनिधिहरुलाई मनोनयन दर्ता गर्न दिने जनाएको छ ।