• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

सप्तरी–२ बाट जसपा अध्यक्ष यादवको उम्मेदवारी दर्ता



राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राजविराजको मुख्य निर्वाचन कार्यालयमा आज उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । नेकपा (एमाले)सँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यादव विसं २०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । संविधानसभाका २०६४ र २०७० को निर्वाचनमा भने उहाँ सुनसरी–५ बाट निर्वाचित हुनुभएको थियो ।