• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

कोपा अमेरिकाः चिली बाहिरियो, क्यानडा क्वाटरफाइनलमा



काठमाडौँ । क्यानडा कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएको खेलमा चिलीसँग गोलरहित बराबरी खेल्दै क्यानडा समूह ए को उपविजेता बनेर क्वाटरफाइनलमा पुगेको हो । खेलको २७ औं मिनेटमा गाब्रिय सुआजोले रातो कार्ड खाएपछि चिली १० खेलाडीमा समेटिएको थियो ।

योसँगै चिली भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै, ३ खेलमा शतप्रतिशत जित निकालेको अर्जेन्टिना समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पेरु १ अंक जोड्दै पुछारमा रह्यो ।