२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते



अ+ अ-

बैतडी । बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन् ।

मेलौली नगरपालिका–३  तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द  रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

ढुङ्गा बोक्दै गरेको ट्रयाक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ । ट्रयाक्टरले छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । प्रहरीले ट्रयाक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको । दुर्घटनामा उनी सामान्य घाइते भएका छन् । रासस