५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल अर्थोपेडिक अस्पतालमा



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पतालको अवस्थाबारे जानकारी लिनुभएको छ ।

आज मध्यान्न अस्पताल पुगि उहाँले जानकारी लिनु भएको हो । पौडेलले अस्पताल बागमती प्रदेशको गौरब भएको जनाउदै निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । उहाँले आफु मुख्यमन्त्री रहेका बेला सक्दो सहयोग गरेको स्मरण गर्दे हाल पनि बागमती सरकारले त्यसलाई निरन्तरता दिएको बताउनु भयो । सो अबसरमा अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले अस्पतालको अबस्था बारे जानकारी गराउनु भएको सुचना अधिकारी धीरज मैनालीले जानकारी दिनुभयो ।

अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रुपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।