• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

प्रचण्ड र ओलीबीचको वार्तामा रवि पनि थपिए



file photo

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि जोडिएका छन् ।

सिंहदरबारमा जारी वार्तामा सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल भइरहेको छ ।

शनिवार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि सरकारको नेतृत्वमा रहेको माओवादी हच्किएको छ ।

ओली र देउवाको भेटलाई लिएर सत्ता समीकरणमा हलचल मच्चिएको छ ।