१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो: सभामुख घिमिरे



photo:RSS
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताउनुभएको छ ।

आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदलाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रुपमा बुझ्न नहुने बताउनु भयो । संसदको कुटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिने बताउनु भयो । उहाँले संसदीय कुटनीतिले देशलाई ठिक दिशामा लैजान महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

उहाँले सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसदले लिने अठोट र भुमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताउनु भयो । उहाँले संसदले जनताको हृदयमा संसदीय कुटनीतिलाई स्थापित गर्नेगरी व्यवहारत: काम गर्नसक्छ की सक्दैन ? भन्नेकुरा नै अहिलेको मननयोग्य कुरा रहेको बताउनु भयो । उहाँले अहिले संसदले २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भुमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरु गरिसकोको बताउनु भयो । उहाँले २००७ सालदेखि बनेका कानूनहरु अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानून बनाउने थलो मात्रै होइन राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार पनि गाइड हुन्छ । निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ । किनभने बहुमतले सरकार बनाउँछ । त्यसैगरी यसले कस्तो अठोट लिन्छ । कस्तो दिशा लिन्छ, त्यसले नै समाज कता जान्छ भन्नेकुरा निर्धारण हुन्छ र संसद कति स्थापित भएर जान्छ । जनताको हृदयमा यसलाई स्थापित गर्नेगरी व्यवहारत: काम गर्न सक्छ की सक्दैन ? यो कुरामा सोचेर प्रत्येकले भुमिका निर्वाह गर्नु आजको आवश्यकता हो । यसमा पनि दलीय व्यवस्थाअन्तर्गतको हाम्रो संसद छ । हामी निर्वाचित सांसदहरु समावेशिताको सिद्धान्तको आधारमा विभिन्न ढंगबाट आएपनि मुलत: दलीय आधारमा हामी आएका छाँै । यही थोरै तिनैमात्रै हामी स्वतन्त्र ढंगले आएपनि, आम रुपबाट दलीय आधारमा छौँ । दलको व्यवहारप्रतिको चिन्ता कस्तो छ । सांसदको भुमिकालाई कानून निर्माणमा होस्, सरकार निर्माणमा होस् वा संसदले बनाएको कानूनको आधारमा सरकार सञ्चालन गर्ने रुपमा होस् ।’

सभामुख घिमिरेले अहिले संसदलाई प्रभावकारी बनाउने, नेपालको कुटनीतिलाई ठिक ढंगबाट निक्र्यौल गर्ने, विश्वव्यापी रुपमा कुटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताउनु भयो ।