५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बायर्न, लिभरपुल र स्पोर्टिङ विजयी



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मन महारथी बायर्न म्युनिखले जित निकालेको छ ।

मंगलबार मध्यरातमा सम्पन्न खेलमा बायर्नले क्याटलान क्लब बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो ।

म्युनिखको मैदान एलियान्ज अरिनामा भएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

दोस्रो हाफको सुरुवातमा चार मिनेटको अन्तरमा बायर्नले दुई गोल गरेको हो । ५० औं मिनेटमा लुकास हर्नान्डेजले र ५४ औं मिनेटमा लेरोई सानेले गोल गर्दै बायर्नलाई जित दिलाए ।

खेलमा पकड जमाएको बार्सिलोनाले पटक–पटक गोल गर्ने अवसर प्राप्त गरेपनि त्यस अवसरलाई सदुपयोग गर्न सकेन ।

जितसँगै समूह ‘सी’ मा बायर्न लगातार दोस्रो जित निकाल्दै ६ अंकसहित शीर्षस्थानमा छ । बार्सिलोना भने ३ अंक सहित दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले चेक क्लब भिक्टोरिया प्लेजनलाई पराजित गर्दै ३ अंक जोडेको छ ।

स्पोर्टिङले टोटेनहमलाई हरायो


च्याम्पियन्स लिग फुटबल अन्तर्गत पोर्चुगीज क्लब स्पोर्टिङ सीपीले जित निकालेको छ ।

गएराति भएको समूह चरणको खेलमा स्पोर्टिङले इंग्लिस क्लब टोटेनहमलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा स्पोर्टिङलाई जित दिलाउन खेलको ९० औं मिनेटमा पाउलिन्होले र ९०(३ मिनेटमा अर्थरले गोल गरे ।

लगातार दोस्रो जित निकाल्दै स्पोर्टिङ समूह ‘डी’मा पहिलो स्थानमा रहेको छ । टोटेनहम भने ३ अंकसहित दोस्रो स्थानमा छ ।

लिभरपुलले आयाक्सलाई हरायो


च्याम्पिन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा इंग्लिस क्लब लिभरपुलले संघर्षपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा डच क्लब आयाक्सलाई २–१ गोलले पराजित गरेको हो ।

खेलको १७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८९ औं मिनेटमा जोएल माटिपले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितसँगै समूह ‘ए’ मा रहेको लिभरपुलले ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । समान अंकसहित आयाक्स तेस्रो स्थानमा रहेको छ ।




भर्खरै