७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.46

Wind: 2.57

Humidity: 73

तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री प्रदीप यादव सेनेगल प्रथान



file
अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगलका लागि प्रस्थान गर्नुभएको छ ।

उक्त बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्नुहुने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किनुहुने कार्यक्रम तय भएको बताइएको छ ।