२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूलाई कालो झण्डा देखाउनेहरुलाई रिहा गर्न ओलीको आग्रह



अ+ अ-

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

सोमबार जनकपुर पुगेका ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको थियो ।

अध्यक्ष ओलीले भने, ‘म प्रहरी प्रशासनलाई भन्न चाहन्छु, उनीहरुलाई तत्काल रिहा गर्नुस् ।’

यस्तै, अध्यक्ष ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताए ।

एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको ओलीको भनाई छ ।