१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार

प्रधानसेनापतिको एकवर्षे कार्यकालको समीक्षा

प्रधानसेनापतिको एकवर्षे कार्यकालको समीक्षा
अ अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ ।

पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उहाँले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट पूरा गरिनेछ ।”

भर्चुअल माध्यमद्वारा भएको उक्त सम्बोधन सेनाका सम्पूर्ण कमाण्ड, बाहिनी, गण, गुल्मसहित युनिटमा सुन्ने र हेर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सङ्गठनका प्राथमिकताका क्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराउनुभयो ।

सबैको सामूहिक प्रयासबाट सेनाको सुदृढीकरण तथा सबलीकरण हुने भएकाले समयानुकूल व्यवसायीकरण हुँदै जाने बताउँदै उहाले नेपाली सेना सबै नेपालीको आशा, भरोसा र एकताको केन्द्रबिन्दु भएको उल्लेख गर्नुभयो ।

मुलुकमा उत्पन्न सङ्कट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको सो अवसरमा उल्लेख गरियो । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो ।

सेनाको मूल्यमान्यताको सम्वद्र्धन र प्रवद्र्धन गर्दै सकल दर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आआफ्नो दायित्व पूरा गर्न पनि सेनापतिले निर्देशन दिनुभएको प्रवक्ता नारायण सिल्वालले बताउनुभयो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाइ सुरक्षा, विकट र संवेदनशील क्षेत्रमा मतपत्र ढुवानीसहित मतदानस्थलको बाहिरी सुरक्षामा सेनाको व्यावसायिकताको उदाहरण प्रस्तुत गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

सेनाको व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना अघि बढिरहेको छ । सो अवसरमा प्रधानसेनापति शर्माले सेनाको कफी टेबल बुक र ‘लिडर रिडिङ कलेक्सन’को विमोचनका साथै उत्कृष्ट लेखकका स्रष्टालाई पुरस्कार प्रदान गर्नुभयो ।