१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट : भारत र पाकिस्तान बीच भिडन्त आज



अ+ अ-

एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तरगत आज दुबईमा भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ ।

यी दुई चिर प्रतिद्वन्द्वी बीचको खेल नेपाली समय अनुसार  साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।

यसअघि प्रतियोगिता अन्तरगत लिग चरणमा भएको खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।

तर लिग चरणमा भएको हारको बदला लिने मौका पाकिस्तानलाई छ । यद्यपि दुबै टिमका खेलाडीहरू फर्ममा रहेकाले खेल निकै रोमाञ्चक हुने अड्कल गरिएको छ ।

सुपर चारमा राउन्ड रोबिनका आधारमा खेल हुन लागेको हो । शनिवार भएको सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको थियो ।