१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस–युक्रेन युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाज प्रदर्शन (भिडियोसहित)



अ+ अ-

काठमाडौं । रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । बुधवार मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न माग गर्दै नेपालस्थित रुसी राजदुतावास अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी मानव अधिकार कर्मीहरुले युक्रेनमाथि अतिक्रमण बन्द गर्, तत्काल सैनिक फिर्ता गर्, शान्ति प्रवद्र्धनमा जोड दिऔँ, युद्ध रोकौँ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनपछि मानव अधिकार तथा शान्ति समाजको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र राजदूतावासका अधिकारीहरुलाई बुझाएका छन् । पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी बिरोध भइरहेको छ ।

अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता बोलाएका छन् । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकासहितका पश्चिमा देशहरुले रुसको भूमिकाप्रति आपत्ति जनाउँदै आएका छन् ।