• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने

माओवादीले बोलायो कर्णालीका दुई मन्त्रीलाई फिर्ता



सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

माओवादीले आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो ।

उनीहरुलाई फिर्ता बोलाएपछि जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने माओवादीले तयारी गरेको छ ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् । कृष्णा शाह र रातो कामीमात्र मन्त्री बनेका छैनन् ।