२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटीको बैठक: आगामी निर्बाचनको रणनीति तय गर्ने



अ+ अ-

ललितपुर । नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठक सुरु भएको छ ।पार्टी केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीले सम्बोधनसँग राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिबेदनमाथी समूहगत रुपमा छलफल हुने छ । यस संगै बैठकमा अन्य ११ वटा एजेण्डामा छलफल हुने पार्टी केन्द्रीय कार्यलयले जनाएको छ । एक केन्द्रीय सदस्यका अनुसार ,अध्यक्षको राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

यसैगरी उम्मेदवारको छनोटको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन पेश गर्ने एजेण्डा रहेको छ ।

बैठकमा भारत प्रवासको कामका सम्बन्धमा नियामवली ,पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माणर समसामयिक प्रस्तावहरु माथी छलफल हुने छ । बैठक भोली सम्म् चल्ने छ ।