११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौँको फोहोरलाई आफ्नै निकाय र उपयुक्त क्षेत्रमा व्यवस्थापन गर्न धुनिवेशीको आग्रह

काठमाडौँको फोहोरलाई आफ्नै निकाय र उपयुक्त क्षेत्रमा व्यवस्थापन गर्न धुनिवेशीको आग्रह
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा गरिएको फोहोर विसर्जनप्रति धादिङको धुनिवेशी नगरपालिकाले प्रेस विज्ञप्ती जारी गरेको छ । काठमाडौँ महानगरपालिकाको संयोजनमा उपत्यकाको बिस वटा नगरपालिकाको फोहर २०७९ जेठ १० गतेवाट धादिङको धुनिवेशी वडा नं. १ कुडुल्ले (बञ्चरडाँडा) मा अव्यवस्थित रुपमा विसर्जन भएकोमा नगरपालिकाले विज्ञप्ती जारी गरेको हो ।

विज्ञप्तिमा अवैज्ञानिक र अव्यवस्थित रुपमा कुडुल्ले (बञ्चरडाँडा) मा फोहोर मैला विसर्जन गरिएका कारण वातावरण विनाश हुन गई उक्त क्षेत्रका नागरिकहरुको जनस्वास्थ्यमा प्रतिकूल प्रभाव परी दैनिक कष्टकर जीवन गुजारा गर्न बाध्य रहेको उल्लेख गरिएको छ । साथै नगरपालिकाले उपत्यकामा उत्पादित फोहोरलाई आफ्नै निकाय र उपयुक्त क्षेत्रमा उचित व्यवस्थापनका लागि आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “एउटा स्थानीय तहको फोहरका कारणले अर्को स्थानीय तहका नागरिकहरु प्रभावित भई बेघरबार हुनुपर्ने बाध्यात्मक परिस्थिती आउनु पक्कै पनि जायज हुन सक्दैन । जनताप्रतिको अहम दायित्ववाट फोहोर उत्सर्जन अनि विसर्जन गर्ने निकायले उन्मुक्ती प्राप्त गर्न सक्दैन । राजधानीवासी जनता मात्र स्वच्छ वातावरणमा जिउन पाउने अनि कुडुल्ले(बञ्चरडाँडा) का नागरिकले नपाउने भन्ने मान्यता राख्नु यूक्ति संगत हुँदैन । वातावरण संरक्षण र प्रदुषण नियन्त्रण, जनस्वास्थ्य एवं सर्वसाधारण जनताको बाँच्न पाउने नैसर्गिक मानव अधिकारसंग सम्बद्ध रहेकाले त्यसका लागि उपयुक्त व्यवस्था गर्नु राज्य एवं सम्बन्धित निकायको कर्तव्य हो ।”

विज्ञप्तिमा नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने र स्वच्छ खानेपानीको अधिकारको ग्यारेण्टी गरेको र वातावरण संरक्षण ऐन, २०५३ मा कसैले पनि वातावरणमा प्रतिकूल प्रभाव पर्ने गरी वा जनस्वास्थ्यका लागि खतरा हुन सक्ने किसिमले प्रदुषण श्रृजना गर्न वा फोहोरमैला निष्कासन गर्न गराउन नहुने यदि वातावरणमा प्रतिकूल प्रभाव पारे वा वातावरण प्रदुषण गरे त्यसलाई आपराधिक कार्य मानेको उल्लेख गर्दै वातावरण विनास हुनवाट जोगाउने उपयूक्त उपायहरु अवलम्बन गर्नु अपरिहार्य हुने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “कुडुल्ले (बञ्चरडाँडा) मा महानगरपालिकाले फोहोर विसर्जनका लागि स्थानीय सरोकारवाला जनसमुदायसंग गरेका सहमती सम्झौताको कार्यान्वयन भयो भएन ? फोहोरको उचित रुपमा वैज्ञानिक व्यवस्थापन गरियो या गरिएन ? यर्थाथ बुझ्न हामी सरोकारवालाहरुसंग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छौं । स्वस्थ्य वातावरणमा बाँच्न पाउने संवैधानिक अनि कानूनी अधिकारको खोजी गर्दा स्थानीय नागरीकमाथि राज्यले निर्ममतापूर्वक दमन गरी निर्दोष नागरीकमाथि झुठा मुद्दा लगाएको र प्रहरी हिरासतमा लिएको हुँदा स्थानीय नागरीकमाथि लगाइएका झुठा मुद्दा खारेजी, हिरासतमा रहेका बन्दीहरुको निशर्त रिहाई, घाइतेको उपचारको उचित प्रवन्ध गरियोस् र दुर्गन्धरहित स्वस्थ्य वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारको रक्षा गर्न र अव्यवस्थित रुपमा फालिएका फोहोरको उचित व्यवस्थापन गर्न अनि हालसम्म गरिएका सहमती सम्झौताको अक्षर पालना गर्न, आफ्नो कर्तव्य र दायित्वप्रति सदा सचेत र सजग रहन नेपाल सरकार, काठमाण्डौ महानगरपालिका र सम्बद्ध निकायलाई धुनिवेशी नगरपालिका हार्दिक अनुरोध गर्दछ ।”

उपत्यकाको फोहोर विसर्जन गरिने स्थान बनाइएको कुडुल्ले (बञ्चरेडाँडा) आसपासका क्षेत्रहरु धुनिवेशी नगरपालिकाको वडा नं. १, ३ र ४ तथा नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १,२ र ३ का स्थानीय बासिन्दाले अव्यवस्थित फोहोर विसर्जनका कारण आफुहरुले नरकीय जीवन जिउनु परेको बताउँदै आएका छन् ।