५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेन्जेमालाई ‘प्लेयर अफ दि इयर अवार्ड’



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।

यूईएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी घोषित बेन्जेमाले उक्त अवार्ड जितेका हुन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार बेन्जेमालाई अवार्ड प्रदान गरेको थियो ।

उनले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

यसतै, महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

पुरुषको कोच अफ दि इयरको अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते ।

गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका एन्सेलोटीले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारे ।