२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
अ अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय (युएनओपीएस) का एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सारा नेट्जरबीच भेटवार्ता भएको छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीको स्थलगत निरीक्षण गरेर फर्किएको युएनओपीएसको क्षेत्रीय निर्देशकसहितको टोलीसँग आज साँझ ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा मन्त्री श्रेष्ठले अन्तर–मन्त्रालय समन्वय गरेर विनाशकारी बाढीबाट भएको क्षतिको मूल्याङ्कन गरिरहेको र खोज, उद्धार तथा राहतको कामलाई समेत द्रुत गतिमा सञ्चालन गरिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले जलवायु परिवर्तनसँग मध्यनजर गरी विकास निर्माण एकीकृत रुपमा योजना बनाएर अगाडि बढ्नुपर्ने र त्रिशूली करिडोरलाई पनि एकीकृत विकास योजनाअन्तर्गत पुनर्निर्माण गर्नुपर्ने आवश्यकता आफूहरुले महसुस गरेको बताउनुभयो । उहाँले जलस्रोत र जलविद्युत् परियोजना जलवायुमैत्री बनाउने योजनामा मन्त्रालय रहेको उल्लेख गर्नुभयो ।

“संसारले नदेखेको विपत्ति नेपालले सामना गर्नुपर्यो, जलवायु परिवर्तनलाई मध्यनजर गरेर यसमा विभिन्न किसिमको विज्ञता, अनुभवको खाँचो छ, यस्तो विपत्तीमा संसारले नै विज्ञता दिनुपर्छ, संसारकै लागि पाठ हुनसक्छ, भोलिका दिनमा संसारले यो भोग्न सक्छ”, मन्त्री श्रेष्ठले भन्नुभयो ।

भेटमा युएनओपीएसका क्षेत्रीय निर्देशक नेट्जरले दिर्घकालीन एकीकृत विकासका लागि नेपाललाई सहयोग गर्ने बताउनुभयो । “हाम्रो विज्ञता र अनुभव नेपालको एकीकृत विकास योजनामा जोड्छौँ, यसका लागि अझै विस्तृत छलफल सम्बन्धित निकायहरुसँग गर्नेछौँ”, उहाँले भन्नुभयो ।

त्रिशूली करिडोरको दिगो विकास योजनाका लागि अन्तरराष्ट्रिय सहयोगलाई कसरी एकीकृत रुपमा परिचालन गर्न सकिन्छ भनेर पनि आफूहरुले प्राविधिक सहयोग गर्ने उहाँको भनाइ थियो ।

भेटमा युएनओपीएसका नेपालका लागि प्रतिनिधि अलेक्जान्ड्रा राडेटिक, दक्षिण एसिया बहु–देशीय निर्देशक चाल्र्स क्यालन, वरिष्ठ पूर्वाधार सल्लाहकार रिको वालेन्टा, एसिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय स्वास्थ्य, सुरक्षा, सामाजिक तथा वातावरणीय विशेषज्ञ रोजा बज्राचार्यलगायतको सहभागिता रहेको थियो । रासस