२४ भाद्र २०८३, बुधबार
,
Latest
पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता



अ+ अ-

ललितपुर। रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा परी एक सय ५७ जना अझै सम्पर्कविहीन छन् । उनीहरुको जनाको खोजी कार्य जारी छ ।

सम्पर्कविहीन भएकामध्ये नौ जना भेटिएका छन् । भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार एक सय १५ पुरुष, ३९ महिला र तीन बालकको खोजी कार्य जारी छ ।

बेपत्ता भएकामध्ये अन्य जिल्ला स्थायी ठेगाना भएर ललितपुर बस्ने ९९ जना छन् । जसमा ८१ पुरुष, १७ महिला र एक बालक छन् । बाढीमा परी ललितपुरमा बसोबास गर्ने ४१ विदेशी नागरिक हराइरहेका छन् ।

बेपत्ता विदेशी नागरिकमा २० महिला, १९ पुरुष र दुई बालक छन् । जसमा युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच–पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना छन् ।

यस्तै बाढीमा परी घाइते भएका २४ जना (२० पुरुष, तीन महिला र एक बालिका)मध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । एक जना पुरुषको ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ भने बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

बाढीमा परी ज्यान गुमाएका पाटन सुन्धाराका दुई जना (एक महिला र एक पुरुष) को शव परिवारको जिम्मा लगाइएको प्रजिअ घिमिरेले बताउनुभयो । रासस