२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन
अ अ+ अ-

टोकियो। प्रधानमन्त्री सानाए ताकाइचीको लोकप्रिय सरकारको सामना गर्न प्रभावकारी विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि जापानको विपक्षी खेमा थप विभाजित बनेको छ ।

यसैबीच, प्रमुख विपक्षी दलले बुधबार आफूलाई विघटन गर्ने घोषणा गरेको छ । ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ले आफ्ना राजनीतिक गतिविधि बन्द गर्ने निर्णय गरेको दलका प्रमुख जुन्या ओगावाले पत्रकार सम्मेलनमा बताउनुभयो ।

यससँगै ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विरुद्ध प्रभावकारी राजनीतिक विकल्प निर्माण गर्ने आठ महिनादेखिको प्रयास समाप्त भएको छ ।

“बाँकी रहेका आर्थिक दायित्व चुक्ता गरेपछि हामी पार्टी विघटन गर्नेछौँ,” ओगावाले भन्नुभयो । ताकाइची सरकारविरुद्ध थप बलियो र एकीकृत विपक्षी शक्ति निर्माण गर्ने तथा दुई प्रमुख विपक्षी समूहलाई एकीकृत गर्ने उद्देश्यले जनवरीमा यो मध्यमार्गी दल गठन गरिएको थियो । ती समूहमा एलडीपीको पूर्व गठबन्धन साझेदार कोमेइतो र कन्स्टिट्युसनल डेमोक्रेटिक पार्टी अफ जापान (सीडीपीजे) थिए ।

फेब्रुअरीमा भएको आमनिर्वाचनमा नयाँ दलले अपेक्षाअनुसार नतिजा ल्याउन सकेन । ४६५ सदस्यीय तल्लो सदनमा सेन्ट्रिस्ट रिफर्म एलायन्सले ४९ सिट मात्र जित्न सक्यो । पुनःनिर्वाचन लडेका उसका १०० भन्दाबढी बहालवाला सांसदसमेत पराजित भए ।

यसको विपरीत, एलडीपीले १०० भन्दाबढी सिट थप्दै तल्लो सदनमा कुल ३१६ सिट जित्यो । मध्यमार्गी दलका केही सदस्य आफ्ना पुराना दलमा फर्कने वा नयाँ राजनीतिक दल गठन गर्ने अपेक्षा गरिएको छ ।

पार्टी औपचारिक रूपमा विघटन भए पनि यसका सदस्यले तल्लो सदनमा छुट्टै संसदीय समूह गठन गरेर एलडीपीको बलियो विकल्प निर्माणका लागि प्रयास जारी राख्ने ओगावाले बताउनुभयो ।

बौद्ध संस्थाको समर्थन प्राप्त शान्तिवादी दल कोमेइतोले गत वर्ष अक्टोबरमा एलडीपीसँगको २६ वर्ष लामो गठबन्धन अन्त्य गरेको थियो । राजनीतिक चन्दासम्बन्धी विवादपछि चन्दा सङ्कलनका नियम कडा बनाउन एलडीपीले अस्वीकार गरेको भन्दै कोमेइतोले गठबन्धनबाट बाहिरिने निर्णय गरेको थियो ।  (रासस/एएफपी)