२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग

रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग
अ अ+ अ-

काठमाडौँ। पत्रकारिता पेशासँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका लाइभ न्यूज रफ्तारका पत्रकार सोनुकुमार दासले रसुवाका बाढीपीडित परिवारका लागि राहत सामग्री पठाएका छन्।

दास, उनका दाइ सन्तोष दास तथा मांगिलाल दासको पहलमा करिब १ लाख ४१ हजार रुपैयाँ बराबरको मस्क्युटो नेट ९झुल० राहतस्वरूप रसुवा पठाइएको हो। बाढी तथा विपद्का कारण प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त राहत सामग्री पठाइएको बताइएको छ।

पत्रकारिता क्षेत्रबाट निरन्तर जनताको आवाज उठाउँदै आएका सोनुकुमार दास पछिल्लो समय सामाजिक सेवाका गतिविधिमा समेत सक्रिय देखिएका छन्। विपद्को समयमा पीडित परिवारलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यले राहत सामग्री संकलन गरी रसुवा पठाइएको हो।

जिल्ला प्रशासन कार्यालय, मोरङको सहकार्यमा विराटनगर विमानस्थलबाट हवाईमार्ग हुँदै राहत सामग्री रसुवा पठाइएको हो। राहत सामग्री पठाउने कार्यमा पत्रकार जुगेश बाबुले समेत सहयोग गरेका थिए।

विराटनगर विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत राहत सामग्री पठाइएको पत्रकार जुगेश बाबुले जानकारी दिए। उनका अनुसार विपद्का बेला पीडितका लागि पठाइने राहत सामग्रीलाई बुद्ध एयरले निःशुल्क ढुवानी गर्ने व्यवस्था गरेको छ।

विपद्को समयमा मानवीय सहयोगलाई प्राथमिकता दिँदै राहत सामग्री निःशुल्क ढुवानी गरिदिएको भन्दै बुद्ध एयरप्रति समेत धन्यवाद व्यक्त गरिएको छ।

पत्रकारितालाई केवल समाचार सम्प्रेषणमा सीमित नराखी आवश्यकता परेको समयमा समाज र पीडित नागरिकको साथमा उभिनुपर्ने सन्देश सोनुकुमार दासको यो पहलले दिएको छ। यस विषयमा जिल्ला प्रशासन कार्यालय, मोरङका सहायक प्रमुख जिल्ला अधिकारीले पत्रकारिता पेशासँगै मानवताको हात अगाडि बढाएकोमा सोनुकुमार दास, उनका दाइ सन्तोष दास तथा मांगिलाल दासप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले विपद्को समयमा पीडित परिवारका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण भएको बताउँदै, पत्रकारितामार्फत समाजको आवाज उठाउनुका साथै आवश्यक परेको समयमा पीडितको साथमा उभिनु प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो।

रसुवाका बाढीपीडित परिवारका लागि पठाइएको राहत सामग्रीले विपद्को समयमा मानवीय सहयोगको भावना अझ बलियो बनाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।