१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग

रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग
अ अ+ अ-

काठमाडौँ। पत्रकारिता पेशासँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका लाइभ न्यूज रफ्तारका पत्रकार सोनुकुमार दासले रसुवाका बाढीपीडित परिवारका लागि राहत सामग्री पठाएका छन्।

दास, उनका दाइ सन्तोष दास तथा मांगिलाल दासको पहलमा करिब १ लाख ४१ हजार रुपैयाँ बराबरको मस्क्युटो नेट ९झुल० राहतस्वरूप रसुवा पठाइएको हो। बाढी तथा विपद्का कारण प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त राहत सामग्री पठाइएको बताइएको छ।

पत्रकारिता क्षेत्रबाट निरन्तर जनताको आवाज उठाउँदै आएका सोनुकुमार दास पछिल्लो समय सामाजिक सेवाका गतिविधिमा समेत सक्रिय देखिएका छन्। विपद्को समयमा पीडित परिवारलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यले राहत सामग्री संकलन गरी रसुवा पठाइएको हो।

जिल्ला प्रशासन कार्यालय, मोरङको सहकार्यमा विराटनगर विमानस्थलबाट हवाईमार्ग हुँदै राहत सामग्री रसुवा पठाइएको हो। राहत सामग्री पठाउने कार्यमा पत्रकार जुगेश बाबुले समेत सहयोग गरेका थिए।

विराटनगर विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत राहत सामग्री पठाइएको पत्रकार जुगेश बाबुले जानकारी दिए। उनका अनुसार विपद्का बेला पीडितका लागि पठाइने राहत सामग्रीलाई बुद्ध एयरले निःशुल्क ढुवानी गर्ने व्यवस्था गरेको छ।

विपद्को समयमा मानवीय सहयोगलाई प्राथमिकता दिँदै राहत सामग्री निःशुल्क ढुवानी गरिदिएको भन्दै बुद्ध एयरप्रति समेत धन्यवाद व्यक्त गरिएको छ।

पत्रकारितालाई केवल समाचार सम्प्रेषणमा सीमित नराखी आवश्यकता परेको समयमा समाज र पीडित नागरिकको साथमा उभिनुपर्ने सन्देश सोनुकुमार दासको यो पहलले दिएको छ। यस विषयमा जिल्ला प्रशासन कार्यालय, मोरङका सहायक प्रमुख जिल्ला अधिकारीले पत्रकारिता पेशासँगै मानवताको हात अगाडि बढाएकोमा सोनुकुमार दास, उनका दाइ सन्तोष दास तथा मांगिलाल दासप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले विपद्को समयमा पीडित परिवारका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण भएको बताउँदै, पत्रकारितामार्फत समाजको आवाज उठाउनुका साथै आवश्यक परेको समयमा पीडितको साथमा उभिनु प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो।

रसुवाका बाढीपीडित परिवारका लागि पठाइएको राहत सामग्रीले विपद्को समयमा मानवीय सहयोगको भावना अझ बलियो बनाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।