२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण

युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ, भदौ २४: भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूसँग ऐक्यबद्धता जनाउन सम्पूर्ण युलेन्स परिवार एकताबद्ध भएको छ।

युलेन्स एजुकेसन फाउन्डेसन, खुमलटार र बाँसबारीस्थित युलेन्स स्कुल, अभिभावक संस्था ‘एक्सन टिम फर पार्टनरसिप’ (एटीपी), बोर्ड अफ ट्रष्टीज तथा समर्पित शिक्षक, कर्मचारी एवम् सहयोग टोलीको संयुक्त पहलमा ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा २० लाख रुपैयाँ योगदान गरिएको छ।

विपद्का कारण विस्थापित सयौँ परिवार तथा विद्यार्थीहरूलाई तत्काल राहत, खाद्यान्न र अस्थायी बासस्थान व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरुको नेतृत्वमा रहेका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

युलेन्स परिवारका लागि यो सहयोग हस्तान्तरण विशेष र संवेदनशील छ। गत वर्ष खुमलटार, बाँसबारी र काभ्रेको नालास्थित आफ्नै विद्यालयका भौतिक संरचनामा पुगेको क्षति र दु:खद घटनाको स्मरण गरिरहेकै दिन यो सहयोग रकम हस्तान्तरण गरिएको हो। स्मृतिको यस विशेष दिनमा आफ्ना दु:खमा मात्र सीमित नरही युलेन्सका विद्यार्थी, शिक्षक, अभिभावक, बोर्ड अफ ट्रष्टीज र कर्मचारीहरूले आफ्ना सम्पूर्ण शक्ति र सान्त्वनालाई संकटमा परेका नागरिकको सहयोगमा समर्पित गर्ने निर्णय गरेका हुन्।

पुनरुत्थानको यस चरणमा पनि संस्थाले सहयोगको हात अघि बढाउनुको औचित्य प्रस्ट्याउँदै युलेन्स एजुकेसन फाउन्डेसनका अध्यक्ष सोम पनेरुले भने, “हाम्रा व्यक्तिगत दु:ख र अप्ठ्याराहरूले केही समय पर्खन सक्छन्; तर यो बाढीले पुऱ्याएको क्षति यति ठूलो छ कि यसले हाम्रा तर्फबाट तत्काल र सामूहिक कदमको माग गर्दछ। विगतका कठिन चुनौतीहरू आफैँले भोगेका हुनाले शून्यबाट पुनः उठ्नुको पीडा र सङ्घर्ष हामी राम्ररी बुझ्छौँ। नेपालका लागि यो कठिन घडीमा दायित्वबोधका साथ नागरिकको सहारा बन्नु हाम्रो कर्तव्य हो। आफ्ना संरचनाहरूलाई सुदृढ बनाउँदै गर्दा हामी देशको पुनःनिर्माण र आशा जगाउने कार्यमा निरन्तर समर्पित भइरहनेछौँ।”

विगत दुई दशकभन्दा बढी समयदेखि युलेन्स एजुकेशन फाउन्डेसनले शिक्षा भनेको कक्षाकोठाको ज्ञान मात्र नभई सामाजिक उत्तरदायित्व, सहानुभूति र अप्ठ्यारो समयमा एक-अर्काको साथ उभिनु हो भन्ने मान्यता राख्दै आएको छ। हाल खुमलटार र बाँसबारीका कक्षाकोठाहरूमा नियमित पठनपाठन पूर्ण रूपमा सञ्चालन भइरहेका छन् भने संस्थाको ध्यान र प्रयास प्रभावित नागरिकहरूलाई पुनः स्थापित गराउनेतर्फ उत्तिकै समर्पित छ।