१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

केन्या भ्रमणका लागि क्रिकेट टोलीको बिदाई

केन्या भ्रमणका लागि क्रिकेट टोलीको बिदाई
photo: CAN
अ अ+ अ-

काठमाडौँ । पाँच ट्वान्टी–२० र ३ एक दिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीलाई सोमवार नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेको छ ।

राजधानीमा सोमवार एक कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानले बिदाई गरेको हो । टोलीलाई क्यानका अध्यक्ष चतुबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगाएतले बिदाई गरेका हुन् । बिदाई कार्यक्रमपछि बोल्दै नेपाली टोलीका प्रशिक्षका मनोज प्रभाकरले केन्या भ्रमणका लागि टोलीको तयारी राम्रो रहेको भन्दै राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो । अहिलेको अवस्थामा नेपाली टोली कच्चा रहेको बताउँदै वर्षदिन भित्र युवा टोलीले क्रिकेटमा राम्रो नतिजा निकाल्ने बताउनु भयो ।

५ खेलको ट्वान्टी–२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म आयोजना हुने तालिका रहेको छ । दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । केन्या भ्रमण नयाँ खेलाडी र पुनरागमन गरेका खेलाडीका लागि महत्वपूर्ण रहेको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताउनु भयो । प्रशिक्षक प्रभाकरका लागि पहिलो भ्रमण भएको र सबै खेलाडी भ्रमणका लागि उत्साहित भएको प्रतिक्रिया दिनुभयो । प्रशिक्षक प्रभाकरको प्रशिक्षणमा खेलमा नयाँ पन आएको भन्दै सबै खेलाडी नयाँ शैलिको खेलका लागि उत्साहित भएको बताउनु भयो ।

त्यस्तै क्यानका अध्यक्ष चतुबहादुर चन्दले आफूभन्दा कमजोर टिमसँग पनि पराजित हुनुपरेको भन्दै अक आफू भन्दा शक्तिशाली टिमसँग प्रतिष्पर्धा गर्न लागेको बताउनु भयो । उहाँले आईसीसीले कोरोना लगायतका विभिन्न कारण देखाएर म्याच सेड्युल नगर्दा नेपाललाई मार परिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ हामी यूएईसँग हारेर टि २० मा छनोट हुन सकेनौँ, त्यो हाम्रो लागि दुर्भाग्य हो । हामीले ४ वटा खेल जितेका थियौँ । आयरल्याण्ड ३ वटा जितेर पनि छनोट भयो । राउण्ड रोबिनको आधारमा भएको भए हामी छनोट हुने सम्भावना बढी थियो । कोरोनाको कारण देखाएर कहिले म्याच नै सेड्युल नगर्ने र गरेपनि पुल बनाएर, डिभिजन गरेर गर्दा हामी जहिले पनि मारमा परेका छौँ, उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि । पछिल्ला लिग २ का सिरिज भने सम्झनलायक रहेनन् । आगामी नामिबियामा हुने खेलमा अभ्यासका लागि केन्या भ्रमण रहनेछ ।’

नेपाली राष्ट्रिय क्रिकेट टोली सोमवार केन्या प्रस्थान गर्दैछ । नेपाली टोली अपरान्ह ४ बजे केन्या प्रस्थान गरेको छ । केन्या भ्रमण गर्न लागेको टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् । क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् । केन्या भ्रमणपछि नेपाली टोलीले नामिबियामा आयोजना हुन विश्व क्रिकेट लिग डिभिजन–२ का लागि जानेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित प्रतियोगिताका लागि केन्या भ्रमण युवा टोली र नयाँ प्रशिक्षकका लागि अर्थपूर्ण तरिकाले हेरिएको छ ।