• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

बुन्डेसलिगाः बार्यनको सानदार जित



एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा बायर्नले बोचुमलाई ७–० गोल अन्तरले हराएको हो ।

बायर्नलाई जित दिलाउन साडियो मानेले दुई गोल गरे भने लेरोए साने, म्याथिस डी लिग्ट, किङ्सले कोम्यान र सर्ज जिनाब्रीले एक एक गोल गरे । बोचुमका क्रिस्टियन गाम्बोयाले एक आत्मघाती गोल गरे ।

बार्यनको यो लगातार तेस्रो जित हो । ९ अंकसहित बायर्न शीर्षस्थानमा रहेको छ भने अंकबिहिन रहेको बोचुम पुछारमा रहेको छ ।