५ श्रावण २०८३, मंगलवार
,
Latest
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाद्वारा तीन समिति गठन



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले तीन वटा समिति गठन गरेको छ । एन्फा केन्द्रीय कार्यसमितिको एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी बैठकले नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबलको विषयमा निर्णय गर्नका लागि सात सदस्यीय समिति गठन गरेको छ ।

सो समितिको संयोजकमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ रहेका छन् । समितिका सदस्यमा उपाध्यक्ष कुमार केसी र दीपक खतिपडा तथा एन्फा सदस्यहरु टीका लामा, मनिराज विष्ट, पुरुषोत्तम थापा र रवीन्द्र चन्द रहेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकले उपाध्यक्ष विराटजंग शाहीको संयोजकत्वमा पदपूर्ति समितिसमेत गठन गरेका छन् । सो समितिको सदस्यहरुमा अनिल मल्ल र मनिष जोशी रहेका छन् । त्यस्तै बैठकले महिला साफ च्याम्पियनसिप आयोजना समिति पनि गठन गरेको छ । सो समितिको संयोजकमा उपाध्यक्ष वीरबहादुर खड्का रहेका छन् । एन्फा सचिवालयले यसअघि नै उनलाई संयोजको जिम्मेवारी दिएको थियो । केन्द्रीय कार्यसमितिको बैठकले गठन गरेका सबै समितिमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु रहेका छन् ।

एन्फाका अन्य एजेन्डा यस्तो छ:




भर्खरै