४ श्रावण २०८३, सोमबार
,
Latest
चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने चुरे संरक्षणमा बजेट अभाव र सरकारी उद्योगको जीर्ण अवस्थाप्रति सांसदहरूको चिन्ता पुँजीबजार सुधार गर्न लगानीकर्ताका जायज माग कार्यान्वयन गर्ने प्रधानमन्त्रीको आश्वासन रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय बुधबारदेखि वर्षा कम हुने दर्ता नहुँदा नयाँ विधाका स्वास्थ्य जनशक्ति बेरोजगार र पलायन पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ: शेखर कोईराला



file
अ+ अ-

वीरगञ्ज । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस युनियन पर्साले बुधवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोईरालाले नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको हो । उहाँले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताउनु भयो । उहाँले गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै काँग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराउनु भयो ।

नेता कोईरालाले सबैलाई समेटेर हिँड्ने काँग्रेसको सोच रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिदैछौँ । मलाई लाग्छ मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ । त्यसमा नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जानसक्छौँ । किनकी गठबन्धनमा जाने भनेका छौँ । तर सबभन्दा कम क्षति हुनेगरी कसरी जाने भन्ने हामीहरु छलफल गरिराखेका छौँ । केन्द्रिय समितिमा पनि छलफल भएको छ । केन्द्रिय समितिमा हामीले दुई, तीनवटा कुराहरु राखेका छौँ । गठबन्धन त गर्ने भनेर भन्यौँ, तर जसरी माओवादीले या एकीकृत समाजवादीले या जनता समाजवादीले कुराहरु उठाइरहनुभएको छ । उहाँहरुलाई के लागिराखेको छ भने हामी नै सबैकुरा हो भन्नेपनि लागिराखेको छ । त्यस्तो होइन । नेपाली काँग्रेस ठूलो पार्टी हो । पुरानो पार्टी हो । र अहिले स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो । त्यसकारण हामी सबैलाई समेटेर हिडौँ भन्ने हामीहरुको सोच । तर नेपाली काँग्रेसलाई कम क्षति भएर जाओस् भन्ने मात्रै हो हामीहरुको सोच ।’

उहाँले नेपाली काँग्रेसका पूर्व सभापति स्व. गिरीजाप्रसाद कोईरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडी बढे मात्रै काँग्रेसको भविष्य उज्वल हुने तर्क गर्नुभयो । नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेसमा धेरै जनताहरुमा खुशी छाएको उहाँको भनाई छ ।