१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति बिरुद्धको रिटको सुनुवाई हुदै



अ+ अ-

काठमाडौं । सर्बोच्च अदातलको सबैधानिक ईजलासमा संवैधानिक आयोगहरुमा नियुक्ति भएका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको आजबाट निरन्तर सुनुवाइ हुने भएको छ ।

आजबाट निरन्तर सुनुवाई गर्दे यो रिटको अन्तिम फैसला हुने जनाईएको छ । नियुक्ति विरुद्ध २०७७ पुस १ गते रिट दायर भएको थियो ।

सबैधानिक ईजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा रहनु भएको छ । सर्वोच्चले नियुक्त बदर गर्ने निर्णय गरे सबै संवैधानिक आयोगमा रिक्त हुने छ ।

३० मंसिर २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेश ल्याएर नियुक्त भएका विभिन्न आयोगका ५२ पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए ।