२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति बिरुद्धको रिटको सुनुवाई हुदै



अ+ अ-

काठमाडौं । सर्बोच्च अदातलको सबैधानिक ईजलासमा संवैधानिक आयोगहरुमा नियुक्ति भएका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको आजबाट निरन्तर सुनुवाइ हुने भएको छ ।

आजबाट निरन्तर सुनुवाई गर्दे यो रिटको अन्तिम फैसला हुने जनाईएको छ । नियुक्ति विरुद्ध २०७७ पुस १ गते रिट दायर भएको थियो ।

सबैधानिक ईजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा रहनु भएको छ । सर्वोच्चले नियुक्त बदर गर्ने निर्णय गरे सबै संवैधानिक आयोगमा रिक्त हुने छ ।

३० मंसिर २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेश ल्याएर नियुक्त भएका विभिन्न आयोगका ५२ पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए ।