११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु
अ अ+ अ-

काठमाडौं । सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाई सस्टेनुबलवास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिव १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

साउन ९ गते सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन करिव ९५ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँका अनुसार सरकारले उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोवार प्रारम्भ गर्न, म्याद थप सम्बन्धी समयभित्र निवेदन दिन नसकी म्याद थप हुन नसकेका तर भौतिक संरचना निर्माण लगायतको कार्य गरिरहेका वा सञ्चालनमा आइसकेका उद्योगले म्याद थपको लागि निवेदन दिएमा उद्योग स्थापनाका लागि गर्नुपर्ने निर्णय कार्य लगायत कामको प्रगति र उद्योगको प्रकृति हेरी प्रचलित कानून बमोजिमको विलम्व शुल्क लिइ उद्योग दर्ता गर्ने निकायले तोकेबमोजिम म्याद थप गर्नसक्ने गरी बाधा अड्काउ फुकाउ गर्ने आदेश जारी गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

त्यस्तै सरकारले फिनल्याण्डमा साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल तथा सचिव सिंचाई सागरकुमार राईलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, विश्व व्यपार संगठन नेपालको आयात व्यवस्थापन सम्बन्धी कानून र अभ्यास समेतका आधारमा आयात व्यवस्थापन तथा न्यूनिकरण गर्न नेपाल सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने पनि निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले साउन ३० देखि भदौ १० सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुने इन्टर गभर्मेण्टल कन्फ्रेन्सको पाचौं सत्र आईजीसीभीमा नेपालको तर्फबाट सहभागिताका लागि कानून तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कुशलचन्द्र सुवेदीको भ्रमण स्वीकृत गर्ने, नेपाली मुलका पोलिस नागरिक डा. बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकि नेपालको अवैतनिक वाणिज्य दुत नियुक्त गर्ने, तुर्केमिनिस्तानको आसागावतमा साउन ३० र ३१ गते मिनिस्टिरियल ट्रान्सपोर्ट कन्फ्रेन्स फर एलएलडिस सीएसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई सहभागी हुन स्वीकृत दिने निर्णय पनि गरेको बताउनु भयो ।

उहाँले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनित गर्ने, गोरखा जिल्ला साविक वारपाक गा.वि.स. वडा. न. ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको ६–१०–३–० रोपनी जग्गा नेपाल सरकारले भूकम्प स्मृति पार्क निर्माण गर्नका लागि भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त गरी उक्त जग्गाको सट्टामा भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनको लागि सहमति प्रदान गर्ने निर्णयसमेत गरेको बताउनु भयो ।

प्रवक्ता कार्कीले भन्नुभयो, ‘गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन करिव ९५ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
सबैको लागि दिगो खानेपानी तथा सरसफाई सस्टेनुबलवास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिव १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने ।

उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोवार प्रारम्भ गर्न, म्याद थप सम्बन्धी समयभित्र निवेदन दिन नसकी म्याद थप हुन नसकेका तर भौतिक संरचना निर्माण लगायतको कार्य गरिरहेका वा सञ्चालनमा आइसकेका उद्योगले म्याद थपको लागि निवेदन दिएमा उद्योग स्थापनाका लागि गर्नुपर्ने निर्णय कार्य लगायत कामको प्रगति र उद्योगको प्रकृति हेरी प्रचलित कानून बमोजिमको विलम्व शुल्क लिइ उद्योग दर्ता गर्ने निकायले तोकेबमोजिम म्याद थप गर्नसक्ने गरी बाधा अड्काउ फुकाउ गर्ने आदेश जारी गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृत दिने ।

विश्व व्यपार संगठन नेपालको आयात व्यवस्थापन सम्बन्धी कानून र अभ्यास समेतका आधारमा आयात व्यवस्थापन तथा न्यूनिकरण गर्न नेपाल सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने ।

फिनल्याण्डमा मिति २०७९ साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा माननीय उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल तथा सचिव सिंचाई सागरकुमार राईलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।

२०७९ साउन ३० देखि २०७९ भदौ १० सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुने इन्टर गभर्मेण्टल कन्फ्रेन्सको पाचौं सत्र आईजीसीभीमा नेपालको तर्फबाट सहभागिताका लागि कानून तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कुशलचन्द्र सुवेदीको भ्रमण स्वीकृत गर्ने ।

नेपाली मुलका पोलिस नागरिक डा. बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकि नेपालको अवैतनिक वाणिज्य दुत नियुक्त गर्ने, तुर्केमिनिस्तानको आसागावतमा २०७९ साउन ३० र ३१ गते मिनिस्टिरियल ट्रान्सपोर्ट कन्फ्रेन्स फर एलएलडिस सीएसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री गोपालप्रसाद सिग्देललाई सहभागी हुन स्वीकृत दिने ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा श्री भुवन केसी, काठमाडौंलाई मनोनित गर्ने ।
गोरखा जिल्ला साविक वारपाक गा.वि.स. वडा. न. ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको ६ १० ३ ० रोपनी जग्गा नेपाल सरकारले भूकम्प स्मृति पार्क निर्माण गर्नका लागि भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त गरी उक्त जग्गाको सट्टामा भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनको लागि सहमति प्रदान गर्ने ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा. प्रकाशराज रेग्मी र डा. नविनचन्द्र गौतमलाई मनोनयन गर्ने ।

राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने ।’

प्रवक्ता कार्कीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा. प्रकाशराज रेग्मी र डा. नविनचन्द्र गौतमलाई मनोनयन गर्ने, राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने निर्णय गरेको पनि बताउनु भयो ।